२६ बैशाख २०८१, बुधबार | Wed May 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सुनकोशीमा बेपत्ता तीनमध्ये बाँकी एक बालकको पनि शव भेटियो



१४ चैत । हाेली खेलेर आइतबार सुनकोशीमा नुहाउने क्रममा बेपत्ता भएका १० वर्षीय लोकबहादुर मगरकाे शव पनि फेला परेकाे छ। नुहाउने क्रममा बेपत्ता भएका तीनजनामध्ये दुईजनाकाे शव यसअघि नै फेला परिसकेका छन्।

सशस्त्र प्रहरीको बराह बाहिनीका डिआइजी अन्जनीकुमार पोखरेलका अनुसार बुधबार धाप्लाङ घाटभन्दा केही करिब १ किलोमिटर तल बुधबार ८ वर्षीय लाेकबहादुर मगरकाे शव भेटिएकाे हाे।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार बुधबार बिहान साउनेको धाप्लाङदेखि ६ किलोमिटर तल सूर्यढुंगा भन्ने स्थानमा १२ वर्षीया रेखा मगरको शव फेला परेको प्रहरीले जनाएको छ। मंगलबार ९ वर्षीय रिदम मगरको शव फेला भेटिएको थियो।

शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको छ। उनीहरू तीनै जना उदयपुरको त्रियुगा नगरपालिका वडा नं १४ का हुन्।

प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार  १ : ३६ बजे