१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कला / साहित्य


‘मिस नेपाल २०२४’ को आवेदन खुला



१४ चैत । सौन्दर्य प्रतियोगिता ‘मिस नेपाल २०२४’ को आवेदन खुला भएको छ। आयोजक संस्था द हिडन ट्रेजरले एक कार्यक्रमबीच आवेदन खुलासँगै ग्रान्ड फिनालेको मिति पनि घोषणा गरेको हो।
बुधबारबाट नेपाली युवतीहरुले जेठ १ गतेसम्म अनलाइनमार्फत आवेदन भर्न सक्नेछन्। प्रतियोगितालाई फराकिलो बनाउँदै यस पटक मिस नेपाल प्रतियोगिताका लागि सहभागी खोजी बिर्तामोड, इटहरी, वीरगन्ज, चितवन, भैरहवा, नेपालगन्ज, पोखरा, सुर्खेत र काठमाडौंमा हुनेछ।

प्रतियोगीहरूको फाइनल अडिसन जेठ ५ गते काठमाडौंमा हुनेछ। त्यहाँबाट छानिएका प्रतियोगिहरुले ग्रान्ड फिनालेका लागि भिड्न पाउनेछन्। मिस नेपालको ग्रान्ड फिनाले भने ३ अगस्ट अर्थात साउन १९ गते गोदावरी स्थित सनराइज कन्भेन्नान सेन्टरमा हुनेछ।

१८ देखि २७ वर्षका अविवाहित नेपाली नागरिकता सहित इच्छुक युवतीले आवेदन दिन सक्ने छन्। मिस नेपाल प्रतियोगितामा न्यूनतम् ५ फिट ३ इन्च उचाइ भएकाले सहभागी हुन पाइने मापदण्ड छ। प्रतियोगितामा भाग लिनका लागि आवेदनको कुनै पनि शुल्क लाग्ने छैन। यस वर्षको प्रतियोगितामा तीन मुख्य विजेताहरु हुनेछन् जसमा मिस नेपाल वर्ल्ड, मिस नेपाल अर्थ र मिस नेपाल इन्टरनेशनल रहनेछन्। यस वर्षको मिस नेपाल प्रतियोगितामा डाबर वाटिका मुख्य प्रायोजक रुप छ।

कार्यक्रममा मिस नेपाल २०२३ का विजेताहरुसहित पूर्वमिस नेपाल २०२२ की प्रियंका रानी जोशीको उपस्थिति थियो। प्रियंका रानी जोशी भारतमा हालै सम्पन्न मिस वर्ल्डमा सहभागी भइन्। टप ४० पुगेकी जोशीले एशिया र ओशिनिया क्षेत्रबाट प्रतिष्ठित ब्यूटी विथ पर्पस प्रोजेक्ट जितेकी थिइन्।

प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार  १ : ४२ बजे