१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


सात दिनमा ‘महाजात्रा’काे कमाइ कति ?



१६ चैत । नेपाली कथानक चलचित्र ‘महाजात्रा’ले सात दिनमा ६ करोड २४ लाख ग्रस कलेक्सन गरेको छ । गत शुक्रबार रिलिज भएको चलचित्रले बिहीबारसम्म सात दिनमा ६ करोड २४ लाख ग्रस कलेक्सन गरेको हो ।

निर्माता दीपेश खत्री ‘म्याक्स’का अनुसार सिनेमाले शुक्रबार एक करोड २३ लाख, शनिबार एक करोड ८३ लाख र आइतबार एक करोड २० लाख ग्रस कलेक्सन गरेको थियो । प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको चलचित्रमा आकस्मिक रूपमा प्राप्त पैसा व्यवस्थापन गर्दाका समस्या नै मुख्य कथा हो ।

चलचित्रमा विपीन कार्की, रवीन्द्र सिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, हरिवंश आचार्यलगायत कलाकार मुख्य भूमिकामा छन् ।

प्रकाशित मिति : १६ चैत्र २०८०, शुक्रबार  ६ : ५९ बजे