१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कला / साहित्य


‘कि कुमार जेलमा कि कुमार रेलमा’ मञ्चन



१६ चैत । पिङ्गलास्थानस्थित स्टुडियो थिएटरमा नाटक ‘कि कुमार जेलमा कि कुमार रेलमा’ मञ्चन भएको छ । निर्देशक सुरजले नाटक विराटनगर इलाका प्रहरी कार्यालयको हिरासतमा गत १४ अप्रिल २०१९ मा ज्यान गुमाएका १५ वर्षीय दलित बालक किरण कार्की ढोलीको मृत्युको घटनामा आधारित रहेको बताएका छन् ।

‘नाटकको पहिलो भागले प्रहरी चौकी र शवगृहको दायरा भित्र रहेर जातीय हिंसा, पुरुषत्व र शक्तिका मुद्दा र नेपाली समाजको अन्वेषण गर्नेछ’ विज्ञप्तिमा भनिएको छ। ‘दोस्रो भागले काल्पनिक रूपमा मुर्ख त्रासदीको विरुद्ध किरणको छोटो जीवन र नर्तक बन्ने सपनाको उत्सव मनाउँछ।’

मझुवा बगर जनकला मञ्चको प्रस्तुति रहेको नाटक वैशाख २ गतेसम्म मञ्चन हुनेछ। नाटकको अवधि १ घण्टा ३० मिनेटको छ। सोमबारबाहेक साताको प्रत्येक दिन साँझ साढे पाँच बजे नाटक मञ्चन हुनेछ।

प्रकाशित मिति : १६ चैत्र २०८०, शुक्रबार  ४ : ३५ बजे