१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कला / साहित्य


अभिनेत्रीहरु प्रियंका, नीति र मलिनालगायत ‘फेसन शो’को र्‍याम्पमा उत्रिए



काठमाडौँ
१७ चैत्र । राजधानीको एक तारे होटलमा चर्चित अभिनेत्रीहरु फेसन शोको क्रममा आर्कषक पहिरनका साथ ¥याम्पमा उत्रिएका छन् ।
१३औँ संस्करणको ‘आइइसी डिजाइनर रनवे’ फेसन शोको प्रस्तुतीमा अभिनेत्री प्रियंका कार्की, नीति शाह, मिस नेपाल अस्मि श्रेष्ठ, मेलिना जोशी, प्रियंका रानी जोशी, मिस्टर नेपाल समर्पण जंग कार्की, मोडल सविता कार्की, जेड दीपिका गारेट लगायतका चर्चित सेलिब्रेटी एउटै ¥याम्पमा प्रस्तुत भए ।

जोय कस्मेटिक नेपालको प्रस्तुतिमा शुक्रबार काठमाडौंमा फेसन शो रनवे आधा दर्जनभन्दा धेरै सेलिब्रिटीहरूले साथ दिए ।
फेसन शोमा। १३औँ ‘आइसी डिजाइनर रनवे’ नामक फेसन शोमा उनीहरु शो टपरको रुपमा विभिन्न आकर्षक पहिरनसहित ¥याम्पमा प्रस्तुत हुन भएका हुन ।


जोय कस्मेटिक नेपालको प्रस्तुति रहेको ‘आइसी डिजाइनर रनवे’मा भारत, रसिया, सर्बिया लगायतका १३ अन्तर्राष्ट्रिय मोडलको समेत सहभागिता रहको छ । नेपालका भने २६ मोडलले पहिरनका नयाँ र आकर्षक डिजाइनहरू प्रस्तुत गरेका थिए ।


अन्तर्राष्ट्रिय कोरियोग्राफर यतिन नरेन्द्र गान्धीको समेत शोमा सहभागिता रहेको थियो । शोको म्यानेजमेन्ट जिम्मेवारी नेक्स्ट मोडल्स नेपालले बहन गरेको थियो । अहिलेसम्मकै राम्रो र उत्कृष्ट फेसनको शोको रुपमा ‘आइससी डिजाइनर रनवे’लाई प्रस्तुत गरिएको नेक्स्ट मोडल्स नेपालका सिइयो रवि धमलाले बताएका छन् ।


शोमा आइसी कलेजका २०२१ ब्याजका ७३ जना विद्यार्थीले डिजाइनरहरुले तयार पारेका फरक फरक पहिरन १५ सिक्वेलमा प्रस्तुत गरेका थिए ।
‘आइइसी डिजाइनर रनवे’को मुख्य उद्देश्य नेपाली फेसन डिजाइनरको प्रचारप्रसार गर्दै उनीहरूले डिजाइन गरेका नेपाली फेसनका आकर्षक डिजाइन अन्तर्राष्ट्रिय स्तरमा पु¥याउनु रहेको आयोजक आइसी कलेजकी प्रबन्ध निर्देशक शैलजा अधिकारीले बताइन् ।

प्रकाशित मिति : १७ चैत्र २०८०, शनिबार  २ : ५५ बजे