२ जेष्ठ २०८३, शनिबार | Sat May 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


चट्याङ लागेर बालिकाको मृत्यु



१७ चैत । दैलेखमा चट्याङ लागेर बालिकाको मृत्यु भएको छ। चट्याङ लागेर भैरवी गाउँपालिका–६, तोरिमुलका १२ वर्षीय बालिका शर्मिला कँडेलको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार चट्याङ परी घाइते भएकी शर्मिलाको दुल्लु अस्पतालमा उपचार लागि पठाएको थियो।

त्यहाँ उपचार सम्भव नहुने भएपछि प्रदेश अस्पताल सुर्खेत रिफर गरिएको अवस्था बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

यस्तै, शनिबार बेलुका कर्णालीका विभिन्न जिल्लामा चट्याङ, हावाहुरीसहित असिना पानी परेको थियो। हावाहुरी र असिना पानीले विषेशगरी गहुँ, जौ, तरकारी लगायत हिउँदे बालीनालीमा क्षति पुर्‍याएको छ।

साथै, जाजरकोट, रूकुमपश्चिममा भूकम्प पीडितका अस्थायी टहरादेखि घरमा छानामा समेत क्षति पुगेको छ।

प्रकाशित मिति : १७ चैत्र २०८०, शनिबार  २ : २४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।