११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


कपनमा ट्याक्सी चालकलाई लुटपाट गरेको आरोपमा दुई जना पक्राउ



१८ चैत । काठमाडौँको कपनमा ट्याक्सी चालकलाई कुटपिट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँको तार्केश्वर नगरपालिका–६ बस्ने २७ वर्षीय प्रशान्तजङ्ग कार्की र बुढानीलकण्ठ नगरपालिका–२ बस्ने ३४ वर्षीय राजु गुरुङ छन् ।

उनीहरुले चैत १३ मा कपन दुर्गा मन्दिर नजिक बा.२ ज ३५९८ नम्बरको ट्याक्सी चालकलाई लुटपाट गरेका हुन् । ट्याक्सी चालकसँग भएको मोबाइल, नगद १८ हजार र ब्लूबुक र ल्यापटप उनीहरुले लुटेर भागको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । आरोपीहरूलाई बसुन्धाराबाट पक्राउ गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १८ चैत्र २०८०, आइतबार  १२ : ०५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।