२५ माघ २०८२, शनिबार | Sat Feb 7 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ठमेलबाट कोकिनसहित दुई जना ब्राजिलियन नागरिक पक्राउ



१८ चैत । काठमाडौं महानगरपालिका-१७ ठमेलस्थित होटलबाट अवैध लागूऔषध कोकिन १ किलो ४ सय ५५ ग्रामसहित २ जना ब्राजिलियन नागरिकलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ब्राजिलियन नागरिकहरू लारिसन ब्रिटो डोस सानटोस र फर्नान्डा भेल डोस सानटोस रहेका छन् ।
लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले लारिसनलाई ८ सय ४० ग्राम र फर्नान्डालाई ५ सय ५० ग्राम अवैध लागूऔषध कोकिनसहित पक्राउ गरेको थियो । अनुसन्धानको क्रममा दुवै जनाले ब्राजिलको सापाउलोबाट कोकिनको क्याप्सुलहरू निलेर पेटमा लुकाई नेपाल ल्याएको खुल्न आएको छ । साथै उनीहरूको पेटमा थप क्याप्सुलहरू हुन सक्ने देखिएकाले तत्काल दुवै जनालाई नेपाल प्रहरी अस्पताल पठाइएकोमा लारिसनको पेटबाट थप ६ वटा प्लाष्टिकले र्‍यापिङ गरिएका क्याप्सुलभित्र कोकिन ६५ ग्राम बरामद भएको हो । बरामद गरिएको अवैध लागूऔषध कोकिनको अवैध बजार मुल्य ४ करोड ३६ लाख ५० हजार रूपैयाँ हुन आउने उक्त ब्यूरोले जनाएको छ ।

उनीहरू उपर जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।

 

 

प्रकाशित मिति : १८ चैत्र २०८०, आइतबार  १ : ३६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।