१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


कास्कीमा जीप दुर्घटना, दुईको मृत्यु



१८ चैत । कास्कीको अन्नपूर्ण गाउँपालिका–४ भदौरेमा आज दिउँसो भएको जीप दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । दुर्घटनामा घाइते भएका पोखरा महानगरपालिका–२३ का ५५ वर्षीय लक्ष्मण सुनार र सोही स्थानका ५२ वर्षीय जयराम सुनारको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता प्रहरी निरीक्षक सूर्य रानाले जानकारी दिए । उनका अनुसार घाइते पाँचजनाको मणिपालमा र पाँचजनाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।
पोखराबाट अन्नपूर्णको भदौरेतर्फ जाँदै गरेको ग१ज ५५४७ नंको यात्रुवाहक जीप दिउँसो सल्लाघारी भन्ने ठाउँमा घुम्तीबाट दुई सय मिटर तल खसेर दुर्घटना भएको थियो । नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासीको सहयोगमा घटनास्थलबाट घाइतेको उद्धार गरिएको थियो । घटनास्थल पोखराबाट २९ किमी टाढा पर्दछ ।

प्रकाशित मिति : १८ चैत्र २०८०, आइतबार  १ : ३८ बजे