२० चैत । ललितपुर ढोलाहिटीमा दुई जनाको हत्यामा संलग्न आरोपी राजु गुरुङले आत्मसमर्पण गरेका छन् । तेह्रथुम घर भएर ढोलाहिटी बस्दै आएका गुरुङले जिल्ला प्रहरी परिसर ललितपुरमा आत्मसमर्पण गरेका हुन् । उनलाई ललितपुर प्रहरीले खोजी गरिरहेको थियो ।
ललितपुर महानगरपालिका–२६ ढोलाहिटीमा चक्कु प्रहारबाट ११ फागुनमा दुई जनाको मृत्यु भएको थियो । ढोलाहिटीस्थित डि–पोपिना नामको रेस्टुरेन्टमा चक्कु प्रहारबाट सुनसरीको धरान घर भएर ढोलाहिटी बस्ने २८ वर्षीय रोबस राई र पाँचथर घर भएर खुमलटार बस्ने ३० वर्षीय पूजन राईको मृत्यु भएको हो । रोबसको कोखमा र पुजनको तिघ्रामा चोट लागेको थियो ।
हत्यामा संलग्न आरोपमा यसअघि रेस्टुरेन्ट सञ्चालक खोटाङ घर भएका ३१ वर्षीय विजय राई, अर्का सञ्चालक ३० वर्षीय सुलभ राई, भोजपुर घर भएका ३८ वर्षीय विशाल हाङ मुकारुङ राई र काठमाडौँको गोकर्णेश्वर घर भएका २५ वर्षीय छेङ्गवीहाङ राईलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया