२५ माघ २०८२, शनिबार | Sat Feb 7 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


त्रिशुली ट्याक्सी दुर्घटनाः बेपत्ता विवशको भेटियो शव



२१ चैत । त्रिशुलीमा ट्याक्सी दुर्घटना हुँदा बेपत्ता एक जनाको शव भेटिएको छ । बेपत्ता विवश रोकाको शव चार दिनपछि फेला परेको हो ।

बा २ ज ४१९६ नम्बरको ट्याक्सी पृथ्वीराजमार्गको सिमलधाराबाट त्रिशुलीमा खस्दा बेपत्ता भएका गोरखा नगरपालिका ७ पौवाखेतका विवशको शव बुधबार बिहान आठ बजे त्रिशुली किनारमा फेला परेको प्रहरीले जनाएको छ।

गत शुक्रबार काठमाडौँमा निधन भएका शंकर रोकाको दाहसंस्कार गरी फर्कने क्रममा सो ट्याक्सी दुर्घटना हुँदा एकै परिबारका पाँचजनाको मृत्यु भएको थियो भने विवश बेपत्ता थिए।

दुर्घटनामा परी मृतक शंकरकी आमा ७० बर्षकी जुनकिरी रोका, जुनकिरीकी छोरी गोरखा नगरपालिका ४ की हरिमाया रोका(उपरकोटी), नाति आठबर्षका आगमन उपरकोटी, अर्की छोरी गोरखा नगरपालिका १३ यङ्कोटकी अञ्जना रोका र ज्वाई ट्याक्सी चालक गोरखा नगरपालिका ५ का अर्जुन सिर्मलको घटनास्थलमै मृत्यु भएको थियो ।

 

 

प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार  ७ : १० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।