१ जेष्ठ २०८३, शुक्रबार | Sat May 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


श्रीमतीको खुकुरी प्रहार गरी हत्या



झापा
२२ चैत । बाह्रदशी गाउँपालिका–१ का ३३ वर्षीय देवनारायण राजवंशीले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।
चार दिनअघि मात्र वैदेशिक रोजागरीबाट फर्किएका उनले श्रीमती ३३ वर्षीया ममसरी राजवंशीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलन केसीले बताएका छन् ।
श्रीमतीलाई परपुरुषसँग लागेको आरोप लगाउँदै घाँटीमा खुकुरी प्रहार गरी हत्या गरेको देखिएको उपरीक्षक केसीले जानकारी दिए ।
प्रहरीले देवनारायणलाई पक्राउ गरिसकेको छ । ममसरी दिव्यज्योति मावि राजगढमा शिक्षण पेसामा आबद्ध रहेकी थिइन् ।

 

प्रकाशित मिति : २२ चैत्र २०८०, बिहिबार  ६ : ५५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।