१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


स्कुटरमा २ लाख ४० हजार रुपैयाँ नगद झुण्ड्याएर चिया खान गएपछि चोरी



काठमाडौं
२३ चैत । काठमाडौंको मखन गल्लीमा एक युवकले स्कुटरमा २ लाख ४० हजार रुपैयाँ नगद झुण्ड्याएर चिया खान गएपछि चोरी भएको छ ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–२४ मखन गल्लीमा पार्किङ गरि राखेको स्कुटरबाट नगद २ लाख ४० हजार रूपैयाँ बिहीबार बेलुकी चोरी भएको हो ।
दोलखा शैलुङगेश्वरी गाउँपालिका–४ घर भएका ३३ वर्षीय जित बहादुर खवासले प्रदेश ३–०२–००४–प २८३८ नम्बरको स्कुटर पार्किङ गरी चिया खान गएको अवस्थामा स्कुटरको अगाडि राखेको झोलाबाट उक्त नगद चोरी भएको बताइएको छ ।
प्रहरीले चोरीमा संलग्न व्यक्तिको खोजी गर्नुका साथै घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २३ चैत्र २०८०, शुक्रबार  ३ : २० बजे