१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंको टोखामा तीनदिने ‘पाँहाचह्रे’ जात्रा सुरु



काठमाडौँ
२५ चैत । टोखामा तीनदिने ‘पाँहाचह्रे’ जात्रा प्रारम्भ भएको छ ।
जात्राका क्रममा टोखाका नेवार समुदायले पाहुना बोलाएर मीठो खुवाउने प्रचलन रहेको नेवाः गुथि टोखाका अध्यक्ष रमेश नापितले बताइका छन् ।

अध्यक्ष नापितका अनुसार आज विनायक र सङ्कटा अजिमाका रथलाई गाउँ परिक्रमा गराइन्छ । परिक्रममाका क्रममा जहाँ–जहाँ महादेव लुकेर बसेको छन् त्यहाँ पुर्याई दर्शन गराएर फर्काउने चलन रहेको छ । भोलि घोडेजात्राका दिन साँझ ६।३० बजे सपन विनायनको रथलाई सपनतीर्थमा लैजाने, सङ्कटाको रथलाई तरख्यःमा ल्याएर छजना कुमार र चारजना कुमारीलाई भात खुवाइन्छ ।

सपनतीर्थको रथलाई नात्येश्वर र सङ्कटाको रथलाई थलाग टोलमा बिसाइन्छ । सोही रात भजनकीर्तन गर्ने र जाग्राम बस्ने चलन छ । जात्राको अन्तिम दिन बिहान ६।३० बजे सपनतीर्थको रथ नात्येश्वरबाट र सङ्कटाको रथ थलाग टोलबाट बाजागाजासहित कपडा बिच्छ्याएर थलागटोलमा रहेको पाँचवटा प्वाल भएको ढुङ्गा ९न्या प्वाय ल्हो०मा लगेर सपनविनायकले सङ्कटालाई तीनपटक ढोगाउने चलन छ । त्यसपछि सङ्कटा अगाडि र सपनविनायकको रथ पछाडि बसेर लिङ्गेश्वरलाई तीनपटक परिक्रमा गरी जात्रा समापन गरिन्छ ।

प्रकाशित मिति : २५ चैत्र २०८०, आइतबार  ५ : १५ बजे