१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


तारकेश्वरको लोलाङमा जुवातास खेल्ने पाँच जना युवाहरु पक्राउ



२७ चैत्र । काठमाडौंको तारकेश्वरको लोलाङबाट जुवातास खेल्ने युवाहरु पक्राउ परेका छन् । प्रहरीका अनुसार काठमाडौंको तारकेश्वर नगरपालिका ५ लोलाङ बस्ने शंकर राज भेटुवालको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने गोरखा, गोरखा नगरपालिका–२ घर भएका २५ वर्षीय उत्सव बिश्व समेत ५ जनालाई गएराति प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २० हजार ५ सय रूपैयाँ र २ बुक ताससहित पक्राउ गरेको थियो ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २७ चैत्र २०८०, मंगलबार  ४ : ३९ बजे