२८ चैत । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा ४ जना मृत फेला परेको नेपाल प्रहरीले जानकारी दिएको छ । काठमाडोँ महानगरपालिका-१९ इनाटोल बस्ने ४३ वर्षीय विनोद नेपाली भन्ने (विनोद च्यामे) आफ्नै घरको कोठामा बुधबार मृत अवस्थामा फेला परेका हुन् ।
यसैगरी बर्दियाको मधुबन नगरपालिका-४ बाँदर भरिया बस्ने ६९ वर्षीय रामशरण थारू सोही नगरपालिका-४ मौवास्थित सडक छेउमा बुधबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै रूपन्देहीको बुटवल उपमहानगरपालिका-२ मणिमुकुन्द सेन उद्यान (फुलबारी) मा विगत २ महिनादेखि सेक्युरिटी गार्ड गर्ने सोही उपमहानगरपालिका-१२ नयाँगाउँ बस्ने गुल्मी मदाने गाउँपालिका-५ घर भएका ४७ वर्षीय मोहन खड्का डिउटी गर्ने कोठामा बुधबार मृत अवस्थामा फेला परेका छन् ।
यता सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका-३ ग्यालथुमस्थित इन्द्रावती खोलाको किनारमा हाल नाम, थर, वतन नखुलेका करिब ६० वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया