२५ माघ २०८२, शनिबार | Sat Feb 7 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौंबाट बेनी जाँदै गरेको बस हेम्जामा दुर्घटना



२९ चैत । कास्कीको हेम्जामा बस दुर्घटना हुँदा सात जना घाइते भएका छन्। गएराति काठमाडौँबाट म्याग्दीको बेनीतर्फ जाँदै गरेको ग २ ख १६३० नम्बरको बस हेम्जा सईखेतमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएका छ।
दर्घटनामा बागलुङको तमानखोला गाउँपालिका ३ तमान बस्ने २५ वर्षीया रीता घर्ती, म्याग्दीको मालिका गाउँपालिका ५ देवीस्थान बस्ने ३० वर्षीय भिम कुमार बुढा, सोही ठाउँका ६ वर्षीय निश्चल फगामी, २७ वर्षीया निर्मला फगामी र ४६ वर्षीया सुमित्रा फगामी, म्याग्दीकै मालिका गाउँपालिका- १ का ७२ वर्षीय नरबहादुर पुन र सोही ठाउँकी ६५ वर्षीया कृष्ण कुमारी पुन घाइते भएका जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
सबै घाइतेको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ। तीव्र गतिको कारण चालकले नियन्त्रण गुमाउँदा बस पल्टिएको हो।
दुर्घटनापछि बस चालक म्याग्दीको बेनी नगरपालिका- ६ बस्ने ३२ वर्षीय राजकुमार गैरेलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको कास्की प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति : २९ चैत्र २०८०, बिहिबार  ८ : ५४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।