२२ भाद्र २०८१, शनिबार | Sun Sep 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


फेवातालमा डुंगा दुर्घटनामा परेकी काठमाडौं सामाखुसीकी युवतीको सकुशल उद्दार



२९ चैत । फेवातालमा अचानक आएको हावाहुरीको कारण बोट पल्टिएर दुर्घटनामा परेकी एक जनाको सशस्त्र प्रहरीले सकुशल उद्दार गरेको छ । काठमाडौँ महानगरपालिका–१७ सामाखुसी बस्ने वर्ष २५ कि अग्नि देवकोटाको सकुशल उद्दार गरिएको हो ।

फेवाताल बाराहीघाटस्थित सशस्त्र प्रहरीको रेस्क्यु वाच टावरमा खटिएको विशेष उद्धार तथा गोताखोर टोलीले उनको तत्कालै उद्धार गरेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । उनको अवस्था सामान्य रहेको थापाले बताए ।

प्रकाशित मिति : २९ चैत्र २०८०, बिहिबार  ३ : २६ बजे