१८ बैशाख २०८१, मंगलबार | Tue Apr 30 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘द रेड सुटकेस’ र ‘डिग्री माइला’ आजबाट देशभर प्रदर्शन



३० चैत्र । चलचित्र ‘द रेड सुटकेस’ र ‘डिग्री माइला’ आजबाट देशभर प्रदर्शन भएको छ । बिहीबारदेखि चलचित्र ‘द रेड सुटकेस’ देशभरिका हलमा अग्रिम टिकट बुकिङ खुला भइसकेको छ ।
निर्माण कम्पनी आइसफल प्रोडक्सनका अनुसार ५० शोसहित चलचित्र प्रदृशन हुन लागेको जानकारी दिएको छ । क्यूएफएक्सका हलमा भने यो चलचित्र प्रर्दशन हुने छैन ।
गत मंगलबार राजधानीको एक चलचित्रको यस चलचित्रको प्रिमियर शो राखिएको थियो। जहाँ धेरैले यस चलचित्रलाई उत्कृष्ट प्रतिक्रिया दिएका थिए। गत साता मात्रै ‘द रेड सुटकेस’को ओटीटी राइट खरिद एचबीओले युरोपका १५ देशका लागि किनिसकेको छ। जसले आफ्नो लगानी उठिसकेको निर्माण टिमको दाबी छ।
भेनिस फिल्म फेस्टिबलमा वर्ल्ड प्रिमियर गरिएको यो फिल्म थुप्रै फेस्टिबलमा पुगिसकेको छ। भेनिसमा मेन्सन अवार्ड जित्नुका साथै भेनिसमै स्वतन्त्र समीक्षकहरूको संस्था बिसाटो डिओरोले डेब्यु निर्देशकका रूपमा फिडेल देवकोटालाई बेस्ट फिचर चलचित्रको पुरस्कारसमेत प्रदान गरेको थियो।
फिडेलको लेखनमा बनेको चलचित्रमा सौगात मल्ल, सृष्टि श्रेष्ठ, विपिन कार्की र प्रवीण खतिवडा मुख्य भूमिकामा छन्। सुशन प्रजापतिको सिनेमेट्रोग्राफी रहेको यस चलचित्रको निर्माता निर्देशक देवकोटासहित रामकृष्ण पोखरेल र शोभा थापा हुन्।

चलचित्र ‘डिग्री माइला’को अग्रिम बुकिङ खुलासँगै चलचित्रलाई हलहरुहरूले उच्च संख्यामा शो दिएका छन् । दयाहाङ राई र आँचल शर्मा मुख्य भूमिकामा रहेको चलचित्र ‘डिग्री माइला’ले क्यूएफएक्सबाहेक देशभर ९७ शो पाएको छ ।
रामबाबु गुरुङ निर्देशित सिनेमाले देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले काठमाडौंमा मात्रै २४ शो उपलब्ध गराएको छभने देशभर क्यूएफएक्सले ६० शो दिएको छ

चलचित्रमा दयाहाङ र आँचलसँगै विजय बराल, बुद्धि तामाङ, कमलमणि नेपाल, अनिल सुब्बा, माओत्से गुरुङलगायत कलाकारको अभिनय छ ।

बाँसुरी फिल्मस्ले कबड्डी फिल्मस् तथा सुस्मा फिल्मस्सँग मिलेर निर्माण गरेको चलचित्रका निर्माताहरू विशाल गुरुङ, मणिराम पोखरेल, मधु मिजार तथा सुष्मा गुरुङ रहेका छन् ।

सिनेमाका कार्यकारी निर्माता क्रिश लामा हुन् । सिनेमामा निमेष श्रेष्ठको सम्पादन तथा रोहित शाक्यको ब्याकग्राउन्ड म्युजिक रहेको छ । यस्तै सिनेमालाई दुई क्यामराम्यान शिवराम श्रेष्ठ तथा राइली एस शिनले खिचेका छन् ।

चलचित्र महाजात्रा पछिल्लो समय दर्शकको साथ साएसँगै चौथो हप्तामा प्रवेश गरेको छ ।

प्रकाशित मिति : ३० चैत्र २०८०, शुक्रबार  २ : ३६ बजे