१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कला / साहित्य


पत्रकार भण्डारीको उपन्यास बोराबाट निकालेर आमाले गरिन् विमोचन



काठमाडौँ
३० चैत । लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास उनकी आमा ९० वर्षीया गंगाकुमारी भण्डारी, उनकै सासु जीवन्तकुमारी घिमिरे र उनकै गुरुआमा मैयादेवी ढुंगेलले को हातबाट राजधानमिा विमोचन गरिएको छ ।

अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक एवं लेखक भण्डारीको उपन्यस ‘बोरा’को विमोचन जुटको बोराको जुइनो फकाएर रोचक ढंगबाट गरिएको थियो ।
‘बोरा’ उपन्यासमा नेपाली समाजमा वृद्ध अभिभावकप्रति सन्तानले गर्ने व्यवहार र परित्यक्त आमाको मनोविज्ञान चित्रण गरिएको लेखक भण्डारीले जानकारी दिए । उपन्यास आफना सन्तानबाट अपहेलित आमाको कथामा आधारित भएको लेखक भण्डारीले बताए ।
“यो सत्य घटनामा आधारित उपन्यास हो । पात्रका समग्र हुलिया भने परिवर्तन गरिएको छ”, लेखक भण्डारीले भने, “सले आफनै छोराले बोरामा हालेर फ्याँकिएको आमा भेटाएको वास्तविक दर्दनाक परिस्थितिलाई समेटिएको छ । तर मैले भेटेको यथार्थको पात्र र परिवेश उपन्यासमा फेरिएका छन् । यो उपन्यास यथार्थमा आधारित भएर लेखिएको काल्पनिक लेखन हो ।”
पिसबुक प्रालिद्धारा प्रकाशित उपन्यासमा ४७० पृष्ठ छ । पुस्तकको मूल्य रु ७०० छ । लेखक एवं पत्रकार भण्डारीले यसअघि ‘मलाया एक्सप्रेस’ उपन्यास लेखेका थिए । लेखक भण्डारीले पत्रकारिता क्षेत्रमा ‘समाचारमा भाषा’ पुस्तक समेत लेखेका छन् ।

 

प्रकाशित मिति : ३० चैत्र २०८०, शुक्रबार  ४ : ०९ बजे