१८ बैशाख २०८१, मंगलबार | Tue Apr 30 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र रामायणको अभिनयसँगै निर्माता बने यश



काठमाडौँ
१ बैशाख । केजीएफ फेम यश नितेश तिवारीको चलचित्र रामायणमा निर्माता बनेका छन् ।

उनले रामायणका लागि प्राइम फोकस स्टुडियोका मालिक नमित मल्होत्रासँग हात मिलाएका हुन् ।यश यसअघि चलचित्रमा अभिनेताका रूपमा जोडिएका थिए । यशले आफ्नो लामो समयदेखिको लक्ष्य भारतीय सिनेमालाई विश्व स्तरमा पुर्याउने चलचित्र बनाउने रहेको बताए ।

यशले नमितसँग चलचित्रको भिएफएक्सबारे छलफल गरेको बताए । नमितले यो चलचित्र निकै ठुलो बन्ने विश्वास व्यक्त गरे । नमित मल्टिपल एकेडेमी अवार्ड विजेता भिजुअल इफेक्ट कम्पनी डिएनइजीका ग्लोबल सीईओ पनि हुन् ।

यशले लस एन्जलसको भिएफएक्स स्टुडियो चलाउने व्यक्ति भारतीय (नमित मल्होत्रा) हो भन्ने थाहा पाउँदा निकै अचम्म लागेको बताए । यस चलचित्रसँग नमित मल्होत्रा पहिले नै जोडिएको खुलासा भएको छ । रामायणसँग यस अघि अभिनेताको रुपमा जोडिएको र अब चलचित्रमा सह–निर्माताको जिम्मेवारी लिएको बताए ।

हालै रामायणको सुटिङसँग सम्बन्धित केही तस्विरहरु भाइरल भएका छन् । तस्बिरमा अरुण गोविल रामको भूमिकामा देखिएका छन् । जहाँ लारा दत्त कैकेयीको भूमिकामा देखिएकी थिइन् । फिल्म सिटीमा गुरुकुलको सेट तयार भइसकेको छ । चलचित्रको पहिलो शेड्युलमा राम, लक्ष्मण र भरतको बाल्यकालको भूमिका निभाएका बाल कलाकारहरू सुटिङमा देखिएका छन् । यसमा अभिनेता शिशिर शर्मा गुरु वशिष्ठको भूमिकामा देखिनेछन् । चाँडै रणवीर कपुरले पनि चलचित्रको छायांकन सुरु गर्नेछन् ।

यस चलचित्रमा रणवीर भगवान रामको भूमिकामा देखिनेछन् । रणवीरले भगवान रामको अभिव्यक्ति र भाषाशैलीलाई राम्रोसँग चलचित्र गर्न आवाज र डिक्शन तालिम लिइरहेका छन्। साउथ अभिनेत्री साई पल्लवी सीताको भूमिकामा देखिनेछिन् । यसले यस चलचित्रमा रावणको भूमिका निभाउने बताइएको भएपनि अहिलेसम्म स्पष्ट गरिएको छैन ।

प्रकाशित मिति : १ बैशाख २०८१, शनिबार  ५ : ४७ बजे