१८ बैशाख २०८१, मंगलबार | Tue Apr 30 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


प्रधानमन्त्री प्रचण्डकी नातिनी स्मिताको नयाँ गीत सार्वजनिक, अभिनेत्री प्रियङ्का र अभिनेता आयुष्मानद्वारा मोडलिङ



काठमाडौँ
१ वैशाख । प्रधानमन्त्री पुष्पमकल दाहालकी नातिनी एवं गायिका स्मिता दाहाल र भारतीय गायक दिव्य कुमारको स्वरमा रहेको नयाँ गीत लुकाउने ठाउँ छैन ‘जाली रुमाल’ आज सार्वजनिक भएको छ ।
गीतको म्युजिक भिडियोमा अभिनेत्री प्रियङ्का कार्की, अभिनेत्रता आयुष्मान देशराज जोशी र सरोज ओलीले अभिनय गरेका छन् ।

सरोज ओलीको शब्द, दीपक शर्माको सङ्गीत र रिकेश गुरुङले संयोजन गरेको गीतको श्रव्यदृश्यको निर्देशन गम्भीर विष्टले गरेका छन् ।
टि इन्टरटेन्मेन्टले आज ‘युट्युब’मार्फत सार्वजनिक गरेको उक्त गीतको छायाँकन नवराज उप्रेतीले गरेका हन् ।

 

प्रकाशित मिति : १ बैशाख २०८१, शनिबार  ४ : १६ बजे