१८ बैशाख २०८१, मंगलबार | Tue Apr 30 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘भिजिट भिसा’को पोस्टरसँगै निर्माणको घोषणा



१ बैशाख । नयाँ वर्ष २०८१ सालको अवसर पारेर नयाँ चलचित्र नेपाली चलचित्र ‘भिजिट भिसा’को पोस्टरसँगै निर्माणको घोषणा गरिएको छ ।

छत्रेश्वरी म्यानेजमेन्टको ब्यानरमा निर्माण हुने पारिवारिक सोसल ड्रामामा कथामा निर्माण हुने चलचित्रको थिम पोस्टर सार्वजनिक गर्दै निर्माण घोषणा गरिएको हो ।

पहाडको खोँच, खोँचमा कुहिरो । पहाडमा हिमाली क्षेत्रमा पाइने बोटविरुवाले हिमाली क्षेत्रको संकेत गरेको छ । दुई पहाडको खोँचमा बस्ती । बस्ती यति पुरानो छ । लाग्छ यो प्राचिन बस्ती हो । बस्तीका घर पुराना भइसकेका छन् । जीर्ण बनेका घर लड्न ठिक्क परेजस्ता देखिन्छन् । ढुंगाको छानो भएका बाक्लै घर तीनतलेसम्मका र सिँढी देखिन्छ । यसले कुनै समयको संवृद्ध बस्ती भएको पोस्टरले संकेत गरेको छ ।

समयले कोल्टो फे¥यो । पहाड र हिमाली क्षेत्रका बस्ती सहरतिर स्थान्तरण भए । छोडिएका बस्ती जीर्ण भए, जुन पोस्टले प्रष्टै देखाएको छ । अस्तिपञ्जरजस्ता देखिने घरले हिमाल र पहाडका बस्ती रित्तिँदै गए । गाउँ सहरतिर सरे । सहर युरोप र अमेरिकातिर सरे । पोस्टरले सहर र विदेश त देखाउँदैन ।

तर चलचित्रको टाइटल (नाम)ले भने भिजिट भिसामा विदेशिने क्रमले गाउँ नै खाली भएको प्रष्ट देखाउँछ । चलचित्रले पछिल्लो समय लर्को लागेर विदेश जाने प्रवृत्तिलाई पेस गर्ने संकेत निर्माण पक्षले पोस्टरमार्फत् दिएको छ ।

मोती बिष्ट प्रस्तुतकर्ता रहेको यो चलचित्रको निर्माता टोपेन्द्र बिष्ट हुन् । बिराज बिष्टको कथा रहने चलचित्रमा यम थापाको पटकथा रहेको छ । बिराजले यसअघि चलचित्र ‘बुलाकी’ निर्माण गरेका थिए । यो फिल्मले चलचित्र विकास बोर्डले आयोजना गरेको ‘राष्ट्रिय चलचित्र पुरस्कार २०८०’मा विशेष चलचित्रको अवार्ड समेत पाएको थियो ।

चलचित्रका लागि निर्देशक र कलाकारहरू भने तय गरिएको छैन । निर्माण टिमका अनुसार चलचित्रमा नाम चलेका कलाकार नै साइन गर्ने तयारी भइरहेको बताइएको छ ।

प्रकाशित मिति : १ बैशाख २०८१, शनिबार  ७ : ०१ बजे