१७ बैशाख २०८१, सोमबार | Tue Apr 30 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंमा बिस्का नखः (जात्रा) मनाउन सार्वजनिक बिदा



काठमाडौँ
२ वैशाख । काठमाडौँको टोखा नगरपालिकाले बिस्का जात्राका अवसरमा वैशाख ४ गते सार्वजनिक बिदा दिएको छ ।
टोखाको गत चैत २९ गते बसेको नगर कार्यपालिकाको बैठकले वैशाख १ देखि ५ गतेसम्म मनाइने बिस्का जात्राका अवसरमा वैशाख ३ गते टोखा नगरपालिकाको वडा नं २ र ३ साथै वैशाख ४ गते नगरपालिकाभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीले वैशाख ३ गते दुईवटा वडा र वैशाख ४ गते टोखा नगरपालिकाका सबै वडा कार्यालय, स्वास्थ्य संस्था तथा शैक्षिक संस्था बन्द हुने जानकारी दिएका छन् ।
टोखामा वैशाख २ गते आज बिहान तीनवटै रथ गाउँ परिक्रमा गरेर मसानकालीको रथ भूतखेलको पाटीमा बिसाएर बली पूजा लिई कोठु गणेश र मसानकाली दुवै रथ एकैसाथ ल्याएर बिहान ११ बजे थलागः टोलमा लस्करै बिसाइएको थियो ।
आज दिउँसो ३ बजे गणेश कुमारीको आगमन गराई तलेजुबाट सरकारी पुजा ल्याई सिन्दूरजात्रा गरी रथ उठाएको छ भने आज साँझ गाउँ परिक्रमा गरी बेलुका ७ बजे सबै रथ तपलाक्षीःमा बिसाइएको नेवा गुथीः टोखाका अध्यक्ष रमेश नापितले जानकारी दिए । आज रातभर भक्तजन रथको अगाडि भजनकीर्तन गरी जाग्राम बस्ने अध्यक्ष नापितले बताए ।

प्रकाशित मिति : ३ बैशाख २०८१, सोमबार  ४ : १३ बजे