१७ बैशाख २०८१, सोमबार | Tue Apr 30 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘सारंग’ को सुटिङ सुरु



३ वैशाख । बालमनोविज्ञानको बिषयमा निर्माण हुन थालेको चलचित्र ‘सारंग’ को सुटिङ सुरु भएको छ । आइतबारदेखि चलचित्रको सुटिङ काठमाडौँमा सुरु भएको हो । चलचित्रका सुटिङ काठमाडौँ आसपासको स्थानमा गरिनेछ ।

केही दिन अगाडि निर्माण घोषणा भएको फिल्म प्रशान्त तामाङले निर्देशन गर्न लागेका हुन् । फिल्ममा ऋचा शर्मा ,उत्पल झा, समीरमणि दीक्षित, सुरज तमु, मणि के राई, अनिषा न्यौपाने, निरज ब्ल्याक, दीपीका थापा, सुमन सागर जंग केसीको अलवा बालकलाकारद्वय सम्राट थापा र आदित्य कार्कीको पनि मुख्य भूमिका रहनेछ ।

कोरियोग्राफर समेत रहेका परिचित निर्देशक तामाङकै लेखन रहेको फिल्मले बालमनोविज्ञान, बालअधिकारको अलवा धनी र गरिब परिवारबिचको खाड्ल कथा बनाएको छ ।
यसअघि बालमनोबिज्ञानको बिषयमा ‘ठूलो मान्छे’ फिल्म बनाएका प्रशान्तले समाजलाई सकारात्मक सन्देश प्रवाह फिल्मले गर्ने बताए । दर्शन बुद्ध फिल्मसको ब्यानर र निर्माणमा रहेको फिल्म बालदिवसको छेकोमा रिलिज हुनेछ ।

प्रकाशित मिति : ३ बैशाख २०८१, सोमबार  ८ : ५२ बजे