१७ बैशाख २०८१, सोमबार | Tue Apr 30 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सुदूरपश्चिमको मुख्यमन्त्रीमा नाउपाका दुवै जनाको दाबी अस्वीकृत



४ वैशाख । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टी (नाउपा)का दुई जनाकै दाबी अस्वीकृत भएको छ । प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्रीका लागि परेका दुवै दाबी अस्वीकृत गरेका हुन् ।

नाउपाका लक्ष्मणकिशोर चौधरी र कैलाश चौधरीले फरक-फरक गठबन्धनबाट दाबी पेस गरे पनि दुवै दाबीमा निष्कर्षमा पुग्न नसकिएको भन्दै प्रदेश प्रमुख मियाँले मुख्यमन्त्रीमा दाबी पेस गर्न मंगलबार फेरि समय दिएका छन् । उनले संविधानको धारा १६८को २ बमोजिम ६ गते साँझ ५ बजे सम्म दाबी पेस गर्न आह्वान गरिएको छ ।

नाउपाका रेशम चौधरी पक्षका लक्ष्मणकिशोर चौधरीले नेपाली कांग्रेस र एकीकृत समाजवादीको समर्थनमा र नाउपाकै रञ्जिता चौधरी पक्षका कैलाश चौधरीले एमाले र माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

प्रकाशित मिति : ४ बैशाख २०८१, मंगलबार  २ : ४० बजे