१७ बैशाख २०८१, सोमबार | Tue Apr 30 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


अभिनेता प्रदीप र निर्देशक सुदर्शनबीच नयाँ चलचित्र लागि सम्झौंता



काठमाडौँ
४ वैशाख । चर्चित फिल्म ‘प्रेमगीत’ पछि अलग अलग भएका अभिनेता प्रदीप खड्का र निर्देशक सुदर्शन थापाबीच नयाँ सहकार्य भएको छ ।

मंगलबार निर्देशक थापाले प्रदीपसँग नयाँ चलचित्रका लागि लिखित सम्झौता गरेका छन् । यस वर्षको दशैंपछि छायांकनको तयारी गरिएको चलचित्र प्रेम कथामा बन्ने बताइएको छ ।

चलचित्रमा प्रदीपको जोडी अभिनेत्री पूजा शर्मासँग बाँधिने समेत बुझिएको छ ।

प्रदीप र सुदर्शनबीच फिल्म ‘प्रेमगीत’ पछि सम्बन्ध चिसिएको थियो । तर पछिल्लो समय प्रदीप र सन्तोष सेनबीचको सम्बन्धका बारेमा समेत अनेक अड्कलबाजी चलिरहेका बेला प्रदीप र सुदर्शनबीच सहकार्य हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

यस चलचि अघि सुदर्शनले अभिनेता पल शाह र अभिनेत्री पूजा शर्मालाई लिएर ‘रावायण’ बनाउँदैछन् । त्यस्तै प्रदीप पनि पुजार सार्की, एक्टर, पिताम्बर, ऐरी, एक्लो जस्ता चलचित्रमा काम गर्दै छन् ।

प्रकाशित मिति : ४ बैशाख २०८१, मंगलबार  ३ : ४७ बजे