१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


अभिनेता साहरुख खानले छोरीको डेभ्यु चलचित्रमा गरे दुई सय करोड लगानी



काठमाडौँ
४ वैशाख । बलिउडका किङ खान शाहरुख खान अहिले सुजोय घोषको एक्शन चलचित्र ‘किंग’ मा काम गरिरहेका छन् । उनकी छोरी सुहाना खान पनि यही चलचित्रबाट ठूलो पर्दामा डेब्यु गर्दैछिन् ।

यस चलचित्रलाई शाहरुखले आफ्नो ब्यानर रेड चिलीज इन्टरटेनमेन्टमा निर्माण समेत गर्दैछन् । मिडिया रिपोर्टका अनुसार शाहरुखले प्रि–प्रोडक्सन चरणमा रहेको यो चलचित्रमा २०० करोड भारु लगानी गर्दै छन् ।

बलिउड हंगामामा रिपोर्टका अनुसार, ’किंग’ शाहरुखको महत्वाकांक्षी एक्शन चलचित्र हो । यो चलचित्रको प्रि–प्रोडक्सनमा विगत एक वर्षदेखि टिमले काम गरिरहेको छ । शाहरुख आफैंले छोरीको डेब्यु चलचित्रलाई ठूलो बनाउन कुनै कसर बाँकी राखेका छैनन् ।

‘किंग’ सँग सम्बद्ध चलचित्र निर्माता सिद्धार्थ आनन्दले अहिले केही अन्तर्राष्ट्रिय स्टन्ट निर्देशकलाई बोर्डमा ल्याउने प्रयास गरिरहेका छन् ।

सिद्धार्थ शाहरुखसँग मिलेर यो चलचित्रलाई ग्लोबल एक्शन थ्रिलर बनाउने काम गरिरहेका छन् । उनले अन्तर्राष्ट्रिय स्टन्ट विज्ञहरूसँग फिल्मको स्टन्ट डिजाइन गर्दैछन् र भिएफएक्सको सहयोगमा यसलाई वास्तविक टच दिन व्यस्त छन् ।

‘किंग’ को छायांकन यसै वर्षको मेबाट सुरु हुनेछ । यसको ५ महिनामा छायांकन गरी अर्को वर्षको दोस्रो हाफमा प्रर्दशन गर्ने निर्माण पक्षको योजना छ ।

सुहानाले गत वर्ष नेटफ्लिक्समा रिलिज भएको चलचित्र ‘द आर्चिज’ बाट ओटीटी डेब्यू गरेकी थिइन् । चलचित्रमा उनी वेरोनिकाको भूमिकामा देखिएकी थिइन् । यसका लागि उनले एउटा गीत पनि गाएकी थिइन् ।

यस चलचित्रका अलावा शाहरुखले आफ्नो छोरा आर्यन खानलाई निर्देशन गर्दै डेब्यू वेब सिरिज ‘स्टारडम’ को सुपरिवेक्षण गरिरहेका छन् ।

त्यसैगरी शाहरुख अन्तिम पटक डिसेम्बर २०२३ मा प्रर्दशन भएको ’डंकी’ मा देखिएका थिए । उनले यसै वर्षको अन्त्यसम्ममा ‘पठान २’ को छायांकन सुरु गर्न सक्ने बताइएको छ ।

प्रकाशित मिति : ४ बैशाख २०८१, मंगलबार  ४ : ३१ बजे