१८ बैशाख २०८१, मंगलबार | Tue Apr 30 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र पुष्पा २ : जसले प्रर्दशन अघि नै कमाउन सक्छ १ हजार करोड



मुम्बई
५ बैशाख । कुनै पनि चलचित्रको लागि आफ्नो बजेटको काम गर्नु धेरै महत्त्वपूर्ण छ। कतिपय चलचित्र यस्ता छन् जसले बक्स अफिसमा धेरै कमाइ गर्छन् ।

तर, केही चलचित्र यस्ता छन् जसले प्रर्दशन हुनुअघि नै करोडौंको व्यापार गर्छन् । आज हामी तपाईलाई एउटा यस्तो चलचित्रको बारेमा बताउन गइरहेका छौँ जुन अहिलेसम्म रिलिज पनि भएको छैन तर प्रर्दशन हुनुअघि नै यसले १००० करोड क्लबमा प्रवेश गर्न सक्ने बताइएको छ । यो कुन चलचित्र हो भनौं त ?

 

वास्तवमा हामीले जुन चलचित्रको कुरा गरिरहेका छौं, त्यो हो बहुप्रतिक्षित चलचित्र ‘पुष्पा २’ । हो, अल्लु अर्जुनको यो चलचित्रलाई लिएर मानिसमा फरक क्रेज रहेको छ र फ्यानहरु यो चलचित्रको प्रर्दशनको लागि आतुर छन् । रिपोर्टलाई विश्वास गर्ने हो भने यो चलचित्रको बजेट ५ सय करोड रहेको बताइन्छ तर रिलिज अगावै चलचित्रले ठूलो कमाई गर्न सक्छ ।

 

रिपोर्टका अनुसार चलचित्रले आन्ध्र र तेलंगानामा मात्रै २०० करोडको प्रि प्रर्दशन वितरण अधिकार मागेको छ। पुष्पाको पहिलो पार्टलाई दर्शकले निकै रुचाएका थिए र यो चलचित्रले पनि बक्स अफिसमा कमाल गरेको थियो । चलचित्रले हिन्दी क्षेत्रमा पनि राम्रो कमाई गरेको थियो । यसैलाई मध्यनजर गर्दै अब चलचित्रले २०२४ मा पनि राम्रो कमाइ गर्ने अपेक्षा गरिएको छ ।

 

यसैबीच इन्डिया टुडेको रिपोर्टलाई विश्वास गर्ने हो भने ट्रेड स्रोतले चलचित्रको प्रि रिलिज व्यापार पहिले नै एक हजार करोड भारु पार गर्न सक्ने बताइएको छ। चलचित्र प्रर्दशन हुन अझै चार महिना बाँकी छ । पुष्पको समग्र प्रि रिलिज ब्यापार राम्रो रह्यो भने पठान, गदर २ र एनिमल जस्ता ब्लकबस्टर चलचित्रसँग प्रतिस्पर्धा गर्न सक्नेछ ।

प्रकाशित मिति : ५ बैशाख २०८१, बुधबार  ४ : १३ बजे