१८ बैशाख २०८१, मंगलबार | Wed May 1 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


चन्द्रागिरीमा दुईवटा कोठा फोरेर चोरी



काठमाडौं
५ वैशाख । काठमाडौंको चन्द्रागिरीमा दुई कोठा फुटाई चोरी गरिएको छ । प्रहरीका अनुसार चन्द्रागिरी नगरपालिका–३ आनन्द टोल डेरा गरी बस्ने दोलखा बिगु गाउँपालिका–४ घर भएकी कृपा अधिकारी र मकवानपुर थाहा नगरपालिका–५ घर भएका २७ वर्षीय आकाश तामाङको कोठामा चोरी भएको हो ।

कोठाको ताल्चा फुटाई सुनको विभिन्न गरगहना, नगद तथा ल्यापटप गरी करिब ९ लाख १८ हजार रूपैयाँ बराबरको धनमाल मंगलबार दिउँसो चोरी भएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले चोरी संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुको साथै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : ५ बैशाख २०८१, बुधबार  २ : ३८ बजे