काठमाडौं
५ वैशाख । गोकर्णेश्वरस्थित वागमती नदिमा पौडी खेलिरहेका एक युवकको डुवेर मृत्यु भएको छ ।
प्रहरीका अनुसार काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१ ओख्रेनी चिलाउनेस्थित बागमतीमा पौडी खेल्ने क्रममा डुबेर रामेछाप उमाकुण्ड गाउँपालिका–२ घर भई काठमाडौं सितापाईला बस्ने १९ वर्षीय अनिल खड्काको मंगलबार दिउँसो मृत्यु भएको छ ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेका बताएकोे छ ।
५ बैशाख २०८१, बुधबार
286
Shares
प्रतिक्रिया