१८ बैशाख २०८१, मंगलबार | Tue Apr 30 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ’ह्रस्व दीर्घ’मा हरिहरको अवतार : पण्डित हुन् कि आधुनिक युवक ?



काठमाडौँ
५ वैशाख । दशैंको छेको पारेर प्रर्दशनको तयारीमा रहेको चलचित्र ‘ह्रस्व दीर्घ’को पोस्टर निर्माण पक्षले सार्वजनिक गरेको छ ।
मुख्य भूमिकामा अभिनय गरेका अभिनेता तथा ज्योतिष हरिहर अधिकारी पण्डितजस्तै लाग्ने लुक्स पोस्टरमा देख्न सकिन्छ । पोस्टरमा राखिएको अर्को अनुहारमा उनले कपाल पालेका छन् ।
पोस्टरसँगै उनी आधुनिक युवक हुने वा पण्डित छुट्याउन कठीन भएको छ । बुधबार उनको जन्मदिनको अवसर पारेर पोष्टर सार्वजनिक गरिएको निर्माण पक्षले जानकारी दिएको छ ।
हरिहरका दुई लुक्स सार्बजनिक गरिएको छ, जसले चलचित्रमा उनको भूमिकालाई संकेत गर्दछ ।

चलचित्रमा हरिहरका साथै नीता ढुंगाना, विपना थापा, सञ्चिता लुईँटेल, प्रशान्त ताम्राकार, किरण केसी, बुद्धि तामाङ, गरिमा शर्मा लगायतले अभिनय गरेका छन् भने साउथ चलचित्रका कलाकारहरु ब्रह्मानन्दम, अली, ‘गजनी’ भिलेन प्रदीप रावत र कबीर दुहान सिंहको पनि अभिनय छ ।

चन्द्र पन्तको निर्देशनमा बनेको यो चलचित्र दशैंको अवसर पारेर आगामी असोज ११ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको छ ।

प्रकाशित मिति : ५ बैशाख २०८१, बुधबार  ३ : १३ बजे