१८ बैशाख २०८१, मंगलबार | Tue Apr 30 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


गायिका एलिना र प्रेमी विष्णु विवाह बन्धनमा : एलिना रुदै गइन् पराई घर



ललितखबर
५ वैशाख । गायिका एलिना चौहान विवाहपछि अन्मिएर श्रीमान्सँग आफ्नो घर जाने क्रममा रोएकी छिन् ।
आज गायिका एलिना चौहान प्रेमी विष्णु सापकोटासँग विवाह बन्धनमा बाँधिएकी छिन् । उनले बुधबार लामो समयदेखि प्रेमी रहेका सापकोटासँग परम्परागत रुपमा विवाह बन्धनमा बाधिएकी हुन् ।
विष्णु केही समयदेखि अस्ट्रेलिया बस्दै आएका छन् भने एलिना नेपालमै गायनमा सक्रिय रहेकी छन् ।
विवाहका रोचक दृश्य
गायिका एलिनाको विवाहका क्रममा केही रोचक दृश्य देखिएका छन् ।

स्वयम्बरमा बेहुलीलाई छक्याउन बेहुलालाई उचालिदिएपछि
स्वयम्बरको बेला दुबोको माला लगाउने क्रममा दुलहीले माला लगाइदिने बेलामा दुलाहा विष्णुलाई बोकेर उनका साथीहरुले छक्याएका थिए । बेहुलीपक्षले स्वयम्भरको माला लगाउन एलिनालाई उचाली दिए । अनि उनले स्वयम्बरको माला लगाइदिएकी थिइन् ।
अघिल्लो दिनै पुगे बेहुला
सामान्यतया बेहुला विवाहको दिन बेहुलीको घर पुग्छन् । तर बेहुला विष्णु भने बेहुली एलिनालाई सरप्राइज दिने भन्दै अघिल्लो दिनमै झापा पुगे । बेहुली एलिनालाई भेटे । बुकी दिएर बधाई दिए ।
रोइन् बेहुली एलिना
विवाह अनुष्ठान सम्पन्न भएपछि अन्माउने क्रममा गायिका एलिना लामो समयसम्म आफन्तको अंगालोमा बाँधिएर रोएकी थिइन् । उनका वावु आमा र साथीहरुको आँखामा समेत आँखु देखिन्थ्यो ।
विवाहमा गायिका रचना रिमाल पनि सहभागी थिइन् ।
एलिना र विष्णुको विवाह समारोह झापाको बिर्तामोडस्थित बिर्ता पार्टी प्यालेसमा भएको हो ।
दुई बर्षदेखि प्रेम सम्बन्धमा रहेका उनीहरुबीच फाटो आएको समाचार समेत सञ्चारमाध्यमहरुमा आएको थियो । तर यस सम्बन्धमा दुवै जनाले बोलेका भने थिएनन् ।

 

प्रकाशित मिति : ५ बैशाख २०८१, बुधबार  ६ : ४० बजे