१८ बैशाख २०८१, मंगलबार | Tue Apr 30 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र मनसराको ट्रेलर : लिम्बुनी र बाजेको प्रेम कहानी



ललितखबर
५ वैशाख । आज अपरान्ह चलचित्र मनसराको ट्रेलर सार्वजनिक भएको छ । साहित्यकार समेत रहेका उपेन्द्र सुव्वाले निर्देशन गरेको चलचित्रमा अन्र्तजातीय प्रेमसम्बन्धको छनक दिएको छ ।
चलचित्रमा बाजेको भूमिकामा देखिएका प्रविण खतिवडा र लिम्बुनीको भूमिकामा अभिनेत्री मिरुना मगरबीचको अन्र्तरंग सम्बन्ध रहेको ट्रेलरबाट प्रष्ट हुन्छ । उता नेवार लबजमा बोल्ने मेनुका प्रधानसँग अभिनेता प्रविणसँग श्रीमान् श्रीमतीको सम्बन्ध रहेको ट्रेलरमार्फत खुलाइएको छ । आफ्नै श्रीमतीसँग घर झगडा गरिरहने बाजे लिम्बुनीको प्रेम सम्बन्ध अंकुराएको कथा समेत ट्रेलरले छताछुल्ल बनाइ दिएको छ । अतिथी भूमिकामा सिमित भएका अभिनेता दयाहाङ राईको भूमिका बुझ्न चलचित्र हेर्न हलसम्मै जानु पर्ने भएको छ । चलचित्रको ट्रेलरमा खुलाइएको छैन ।
कवि समेत रहेका निर्देशक सुव्वा आफैले चलचित्रको कथा पटकथा तथा संवाद लेखेका हुन् । चलचित्रको ठाँउ ठाँउमा उनले कविता समेत घुसाएको चलचित्रको ट्रेलरमा हेर्न र सुन्न पाइन्छ ।
फाँटमा गाई पालेर दुध र खुवा बनाउने बाजेले लिम्बुनीले सुगुर पालेर लिती गन्हाएको चलचित्रको टिजरकै खुलेको थियो ।
चलचित्र यही बैशाख २१ ग्तेबाट संसारभर प्रर्दशन हुन लागेको छ ।

 

प्रकाशित मिति : ५ बैशाख २०८१, बुधबार  ७ : १४ बजे