६ वैशाख । जनकपुरमा जलिरहेको अवस्थामा एक युवती मृत अवस्थामा फेला परेकी छन् । बुधबार राति करिब ९ बजे जनकपुरधाम उपमहानगरपालिका-१६ कपिलेश्वर महादेव मन्दिर नजिकै रहेको खेतमा युवती जलिरहेको अवस्थामा मृत फेला परेकी हुन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी रञ्जन अवाका अनुसार युवतीसँगै घाइते अवस्थामा भेटिएकी बालिकाको उपचारको क्रममा मृत्यु भएको छ । स्थानीयले खेतमा युवती जलिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि घटनास्थलमा प्रहरी पुगेको थियो।
मृत्यु भएकी युवती महोत्तरीको मनरासिस्वा नगरपालिका-२ कि २२ वर्षिया प्रियंका महतो रहेको अनुमान प्रहरीले गरेको छ। युवती र बालिकाको दुवै शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको डिएसपी अवाले जानकारी दिए ।
युवती र बालिकाको हत्या हो या आत्महत्या हो प्रहरीले अनुसन्धान गरिरहेको छ । पोस्टमार्टम रिपोर्ट र थप अनुसान्धानपश्चात् मात्रै घटनाबारे यथार्थ बाहिर आउने डीएसपी अवाले बताए ।
प्रतिक्रिया