१ चैत्र २०८२, आइतबार | Sun Mar 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


जनकपुरमा जलिरहेको अवस्थामा युवती मृत भेटिइन्, सँगै फेला परेकी बालिकाको पनि मृत्यु



६ वैशाख । जनकपुरमा जलिरहेको अवस्थामा एक युवती मृत अवस्थामा फेला परेकी छन् । बुधबार राति करिब ९ बजे जनकपुरधाम उपमहानगरपालिका-१६ कपिलेश्वर महादेव मन्दिर नजिकै रहेको खेतमा युवती जलिरहेको अवस्थामा मृत फेला परेकी हुन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी रञ्‍जन अवाका अनुसार युवतीसँगै घाइते अवस्थामा भेटिएकी बालिकाको उपचारको क्रममा मृत्यु भएको छ । स्थानीयले खेतमा युवती जलिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि घटनास्थलमा प्रहरी पुगेको थियो।

मृत्यु भएकी युवती महोत्तरीको मनरासिस्वा नगरपालिका-२ कि २२ वर्षिया प्रियंका महतो रहेको अनुमान प्रहरीले गरेको छ। युवती र बालिकाको दुवै शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको डिएसपी अवाले जानकारी दिए ।

युवती र बालिकाको हत्या हो या आत्महत्या हो प्रहरीले अनुसन्धान गरिरहेको छ । पोस्टमार्टम रिपोर्ट र थप अनुसान्धानपश्चात् मात्रै घटनाबारे यथार्थ बाहिर आउने डीएसपी अवाले बताए ।

प्रकाशित मिति : ६ बैशाख २०८१, बिहिबार  ७ : २३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।