७ माघ २०८१, सोमबार | Mon Jan 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


बौद्ध तेमाल जात्राको तयारी पूरा



६ वैशाख । वैशाख १० गते बौद्ध क्षेत्रमा मनाउन लागिएको बौद्ध तेमाल जात्राको तयारी पूरा भएको छ । बौद्ध तामाङ कल्याण गुठीको संयोजन र बौद्धनाथ क्षेत्र विकास समितिको आयोजनामा हुन लागेको जात्राको आवश्यक तयारी पूरा भएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

प्रत्येक वर्षको चैत पूर्णिमाको अघिल्लो दिन मनाइने यो जात्रा यस वर्ष यही वैशाख १० गरे मनाउन लागिएको हो । जात्रा सम्पन्न गर्नका विभिन्न उपसमितिहरु गठन गरिएको छ ।

काभ्रेपलाञ्चोकस्थित तेमाल क्षेत्रका तामाङहरु आफ्ना दिवङ्गहरुको आत्माको चीर शान्तिको कामना गर्दै बौद्ध महाचैत्यमा पूजाआज गर्ने, दीप प्रज्वलन गर्ने भएकाले यस जात्राको नाम तेमाल जात्रा रहन गएको हो ।

जात्रामा काभ्रेपलाञ्चोकलगायत विभिन्न स्थानमा बसोबास गर्ने तेमालहरुको उपस्थिति रहने आयोजकको भनाइ छ । सो जात्राका क्रममा पितृ मोक्षका लागि बालाजु बाइसधारामा स्नान गरी स्वयम्भूको महाचैत्यमा पुगी पूजा गर्ने पनि चलन छ । उनीहरु रातभर जाग्राम बसी छयोइमे बत्ती बाली पितृहरुको मोक्षका लागि कामना समेत गर्दछन् ।

जात्रामा नेपालका विभिन्न जिल्ला तथा भारतलगायतका मुलुकबाट ६० हजारभन्दा बढी भक्तजनहरु सहभागी हुने आयोजकको भनाइ छ ।

प्रकाशित मिति : ६ बैशाख २०८१, बिहिबार  ९ : ४४ बजे