५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


‘फर्की फर्की’को ट्रेलरमा यस्तो पात्रमा देखिए अनमोल (भिडियो)



६ वैशाख । नेपाली कथानक चलचित्र ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक भएको छ । आज सार्वजनिक गरिएको ट्रेलर अनमोल केसीमा केन्द्रित छ ।

ट्रेलरमा विपरीत लिंगीप्रतिको आकर्षण, प्रेम, रोमान्स र बदला देखाइएको छ । एक्सन दृश्यसमेत समावेश ट्रेलरमा अनमोल आफूलाई भगवान भएको बताउँदै हिँडेको देखिन्छ ।

सुयोग गुरुङको लेखन तथा निर्देशन रहेको चलचित्रमा रोहित अधिकारी र ओमप्रकाश अग्रवालको लगानी छ । चलचित्रमा अनमोलसँगै सलोन बस्नेत, जसिता गुरुङ, रवी काफ्ले, सम्वृद्धि अर्याललगायत मुख्य भूमिकामा छन् । चलचित्र जेठ १० गते रिलिज हुनेछ ।

 

प्रकाशित मिति : ६ बैशाख २०८१, बिहिबार  ११ : ४१ बजे