१९ बैशाख २०८१, बुधबार | Thu May 2 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘फर्की फर्की’ ट्रेलर : अभिनेता अनमोलको अभिनित पात्र साइको कि भगवान ?



६ वैशाख । विहीबार राजधानीमा चलचित्र ‘फर्की फर्की’ को ट्रेलर सार्वजनिक भएसँगै अभिनेता अनमोलको अभिनयको चर्चा सुरु भएको छ ।

चलचित्रको ट्रेलर हेर्दा अभिनेता अनमोल घमण्डी युवकको रुपमा पर्दामा फर्केको संकेत मिलेको छ । उनी आफूलाई पटक पटक भगवानको भन्दै संवाद बोलेको सुनिन्छ । तर उनको व्यावहार उद्दण्ड देखिएको छ ।
उनी चिच्याएको,सरसामान फ्याकेको र आक्रमण गरिरहेको दृश्यले ट्रेलर भरिएको छ । सार्वजनिक ट्रेलरमा अभिनेत्री जसिता गुरूङले अभिनय गरेको पात्रसँग प्रेममा समस्या रहेका देखाइएको छ ।
अभिनेता अनमोल केसी र अभिनेत्री जसिता गुरूङ अभिनित चलचित्र चलचित्र ‘फर्की फर्की’मा नर्मल शर्मा, रवि काफ्ले, समृद्धि रिजालले पनि अभिनय गरेका छन् ।
ट्राभल जर्नी जनरामा निर्माण भएको चलचित्र जेठ १० गते प्रर्दशन गर्ने निर्माण पक्षले बताएको छ । सोही मितीमा चलचित्र दान्भी र पुजार सार्की समेत प्रर्दशन गर्ने भन्दै समय तोकिएको छ । पछिल्लो समय एउटै मितीमा ठूला लगनाीका तीन चलचित्रलाई प्रतिश्पर्धामा उतारेर निर्माताहरुले जोखिम मोलेको विषयमा सिने बजारमा चर्चा छ ।

सुयोग गुरुङको लेखन र निर्देशन रहेको चलचित्रलाई रोहित अधिकारीले निर्माण गरेका हुन्।

ट्रेलर कार्यक्रममा उपस्थित भएका निर्देशक गुरुङले ५ वर्षदेखि फिल्मको तयारी गरेको बताउँदै पहिलोपटक ट्राभल जर्नीमा आफूले फिल्म निर्माण गरेको बताए। नेपाली फिल्ममा पहिलो पटक ट्राभल जर्नीको फिल्ममा आफूले रिक्स मोलेको उनको दाबी छ।

चलचित्रको मनोज वली र रामु न्यौपाने सह–निर्माता, अरूण रिजाल एसोसियट निर्माता रहेका छन् भने चलचित्रमा मोती कार्की र अनिरूद्र गिरी कार्यकारी निर्माता छन्।

नरेन्द्र मैनालीको सिनेमेट्रोग्राफी रहेको चलचित्रको सम्पादन सुरेन्द्र पौडेलको रहनेछ ।

 

प्रकाशित मिति : ६ बैशाख २०८१, बिहिबार  ५ : ३५ बजे