२० बैशाख २०८१, बिहिबार | Thu May 2 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


सलमान खानको घरमा गोली काण्डपछि बढाइयो शाहरूख खानको पनि सुरक्षा



मुम्बई
७ बैशाख । सलमान खानको घर ग्यालेक्सी अपार्टमेन्ट बाहिर गोली हानाहान भएपछि शाहरुख खानको सुरक्षा बढाइएको छ ।

कुनै अप्रिय घटना नहोस् भनेर यस्तो गरिएको हो । शाहरुख चार दिन देखी कोलकातामा थिए । जहाँ आईपीएलको खेल चलिरहेको छ । शाहरुख आफ्नो टिमलाई सपोर्ट गर्न त्यहाँ पुगेका थिए । उनी हिजो राति मात्रै मुम्बई फर्किएका थिए ।

शाहरुख खानको फ्यान क्लबले उनीसँग सम्बन्धित केही भिडियो शेयर गरेको छ । जसमा शाहरुख सुरक्षा घेरामा परेका छन् । यस सुरक्षामा गार्ड, प्रहरी र विमानस्थल सुरक्षाकर्मी देखिन्छन् । जसका कारण कुनै फोटोग्राफर पनि शाहरुखको नजिक जान सक्दैनन् । विमानस्थलमा पुगे पछि उनलाई सुरक्षा गार्डले घेरेको भिडियोमा देखिन्छ ।
शाहरुख खानको यो सुरक्षाको कारण सलमानको घर बाहिर गोली चलाएको घटनालाइ प्रमुख कारणको रूपमा बताइएको छ । टाइम्सको रिपोर्टका अनुसार पुलिस र प्रशासन सलमानको घरमा भएको जस्तो दुर्घटना अब कुनै पनि सेलिब्रेटी कसैसँग होस् भन्ने चाहँदैनन्। त्यसैले शाहरुख खानको सुरक्षा बढाइएको छ । सलमान र शाहरुख उद्योगका ठूला नाम हुन् । यस्तो अवस्थामा कुनै पनि प्रकारको लापरवाहीले ठूलो परिणाम निम्त्याउन सक्छ।

 

१४ अप्रिल बिहान करिब ५ बजे सलमानको घरमा दुई जनाले गोली चलाएका थिए । लरेन्स बिश्नोईका भाइ अनमोल बिश्नोईले फेसबुक पोस्टमार्फत यस हमलाको जिम्मेवारी लिएको दाबी गरिएको छ । तर, उक्त सामाजिक सञ्जालको खाता अनमोल बिश्नोईको हो वा होइन भन्ने पुष्टि अझै कसैले गरेको छैन । प्रहरीले गोली प्रहारमा संलग्न दुवै अभियुक्तलाई अप्रिल १६ मा पक्राउ गरेको थियो । यस सम्बन्धमा थप कारबाही भइरहेको छ ।
‘सलमानले कुनै चिन्ता नगरी आफ्नो काम गर्न सक्ने प्रहरीले आश्वासन दिएको छ । किनभने प्रहरीले आफ्नो काम गरिरहेको छ ।

प्रकाशित मिति : ७ बैशाख २०८१, शुक्रबार  ३ : २९ बजे