२० बैशाख २०८१, बिहिबार | Thu May 2 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सिन्धुपाल्चोक दुर्घटनाः ज्यान गुमाउने तीनै जनाको पहिचान खुल्यो(अपडेट)



७ वैशाख । सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका पिस्करमा भएको जन्ती बस दुर्घटनामा ज्यान गुमाउने तीनै जनाको पहिचान खुलेको छ ।

मृत्यु हुनेमा दोलखा भीमेश्वर नगरपालिका १ का मानबहादुर थामी, शिव श्रेष्ठ र दिपेन्द्र थामी रहेको छन् । दोलखाबाट जन्ती लिएर आउँदै गरेको रोल्वालिङ यातायातको वा ४ ख ५६१६ नम्बरको बस त्रिपुरा सुन्दरी गाउँपालिका ५ धारावतीमा शुक्रबार बिहान ७ बजेतिर दुर्घटनामा परेको थियो ।

दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो । दुर्घटनामा दुलहासहित ३२ जना घाइते भएका थिए । स्थानीयवासी र प्रहरीले घाइतेलाई उद्धार गरेर धुलिखेल अस्पताल र खाडीचौरको सदाबहार अस्पताल लैजाँदै गरेको स्थानीय पत्रकार पृथ्वी जंग पाण्डेले जानकारी दिए । बस त्रिपुरासुन्दरी– ५ धारावतीबाट १०० मिटर तल खसेको थियो ।

प्रकाशित मिति : ७ बैशाख २०८१, शुक्रबार  ८ : ०१ बजे