२० बैशाख २०८१, बिहिबार | Thu May 2 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


सात वर्षपछि ‘पहाड’ निर्देशन गर्दै तुलसी घिमिरे, विपिन प्रमुख भूमिकामा



७ वैशाख । आफ्नो सबैभन्दा सफल सिनेमा ‘दर्पण छायाँ’ को सिक्वेल असफल भएपछि ७ वर्षयता कुनै सिनेमा निर्देशन नगरेका तुलसी घिमिरेले नयाँ सिनेमा निर्देशन गर्ने भएका छन् । उनी ‘पहाड’नामक सिनेमाबाट निर्देशनमा फर्किन लागेका हुन् ।

दशैँपछि फ्लोरमा जाने यो सिनेमामा विपिन कार्कीले अभिनय पक्का भएको छ । घिमिरे र कार्कीबीच औपचारिक सम्झौता भने हुन बाँकी छ । सिनेमाले मानवविहीन बन्दै गएको पहाडी भूगोलको कथा पेस गर्नेछ । सिनेमाका लागि मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई अभिनयको प्रस्ताव राखिएको छ ।

पहाडपछि पनि लगातार सिनेमा बनाउने तयारी तुलसीको छ । यसका लागि उनले केही स्क्रिप्ट तयारी अवस्थामा राखिसकेका छन् ।

प्रकाशित मिति : ७ बैशाख २०८१, शुक्रबार  ९ : ०२ बजे