४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


६० किलो सुन प्रकरणमा पक्राउ परेका पुनलाई धरौटीमा छाड्ने आदेशसँगै काठमाडौं ल्याउने तयारी



७ वैशाख । सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले काठमाडौं ल्याउने तयारी गरेको छ ।

रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका पुनलाई रुपन्देही जिल्ला अदालतका न्यायाधीश श्रीप्रकाश उप्रेतीको एकल इजलासले चार लाख रुपैयाँ धरौटीमा छोड्ने आदेश दिएको छ ।

अदालतको आदेशसँगै सीआईबीले पुनलाई सुन तस्करी प्रकरणमा अनुसन्धान गर्न काठमाडौं ल्याउने तयारी गरेको हो । सीआईबीले तीन दिनअघि नै जिल्ला प्रहरी कार्यालय रुपन्देहीलाई पत्राचार गरिसकेको थियो । सुन तस्करी जाँचबुझ आयोगले पुनमाथि समेत अनुसन्धान गर्नुपर्ने प्रतिवेदन दिएपछि उनीमाथि सीआईबीले अनुसन्धान गर्न लागेको हो ।

गएको साउनमा बरामद भएको ६० किलो सुन तस्करी प्रकरणमा उनको भूमिका समेत शंकास्पद देखिएपछि सीआईबीले कागज गरेर उनलाई छोडेको थियो । रुपन्देही जिल्ला अदालतले सुप्रिम सहकारी ठगी प्रकरणमा सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङलाई भने थुनामा पठाउने आदेश दिएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०८१, शुक्रबार  ११ : २५ बजे