२० बैशाख २०८१, बिहिबार | Fri May 3 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘डिग्री माइला’को एक हप्तामा ५ करोडभन्दा धेरै व्यापार



७ वैशाख । चलचित्र ‘डिग्री माइला’ले एक हप्तामा ५ करोड ५ लाख व्यापार गरेको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमानिर्माण पक्षले काठमाडौं उपत्यकामा २ करोड ५० लाख र उपत्यकाबाहिर २ करोड ५५ लाख रुपैयाँ व्यापार गरेकोे जानकारी दिएको हो ।
कार्यकारी निर्माता मणिराम पोखरेलले बक्सअफिसमा समावेश नभएका केही सिङ्गल थियटरको थप १० प्रतिशत व्यापार हुनसक्ने बताए ।
निर्माता पोखरेलले ३ करोड २० लाख लगानीमा निर्माण भएको यो चलचित्रले थप आम्दानी गर्न सक्ने प्रक्षेपण गरे । आउँदो शुक्रबारसम्म नयाँ चलचित्र प्रर्दशन नहुँदा चलचित्रलाई राहत मिलेको छ ।
गत शुक्रबार चैत्र ३० गतेबाट प्रर्दशन सुरु भएको चलचित्र डिग्री माइलाको यो ग्रस कलेक्सन हो । ग्रस कलेक्सनमा ५० प्रतिशत हल र ५० प्रतिशत निर्माण पक्षको भागमा पर्छ ।
पत्रकार सम्मेलनमा वितरक र कलाकारलगायत सहभागी थिए । तर निर्देशक रामबाबु गुरुङ पत्रकार सम्मेलनमा सहभागी भएनन् । कार्यक्रममा अभिनेता दयाहाङ राई, विजय बराललगायत कलाकार सहभागी थिए ।

 

 

प्रकाशित मिति : ७ बैशाख २०८१, शुक्रबार  ३ : ०७ बजे