२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘पूजार सार्की’कोे गीत ‘दर्शन गरेँ’ सार्वजनिक



काठमाडौँ
८ वैशाख । दिनेश राउतको निर्देशनमा बनेको चलचित्र ‘पूजार सार्की’को पहिलो गीत ‘दर्शन गरेँ’ सार्वजनिक गरिएको छ । शुक्रबार युट्युबमा सार्वजनिक कौडा भाकाको गीतमा हर्क साउदको शब्द रचना, सुवास भुसालको संगीत तथा प्रकाश सपुत र शान्ति श्री परियारको युगल स्वर रहेको छ ।

माछापुच्छ्रे हिमाललाई पृष्ठभूमिमा राखेर तयार पारिएको गीतमा चलचित्रका मुख्य कलाकारहरु आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अञ्जना बराइली र परीक्षा लिम्बू कौडा नृत्य गर्दै प्रस्तुत छन् । गीतमा आर्यन–अञ्जना र प्रदीप–परीक्षालाई रोमान्टिक रुपमा प्रस्तुत गरिएको छ । गीतमा शिशिर खातीको कोरियोग्राफी छ ।

विकास सुवेदीको लेखन रहेको चलचित्रमा मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको पनि अभिनय छ ।

जातीय विभेदविरुद्धको कथामा आधारित भएर बनेको चलचित्रलाई सुवास भुसालले निर्माण गरेका हुन् । किङ्गडम नेटवर्कको प्रस्तुति रहेको चलचित्रमा राजेश श्रेष्ठको डिओपी, भरत रेग्मीको सम्पादन, सुप्रिम पराजुलीको कलर ग्रेडिङ तथा हिमाल केसीले द्वन्द्व निर्देशन छ ।
आगामी जेठ १० गतेबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको चलचित्रलाई आरआर फिल्मसले वितरण गर्दैछ । अन्तर्राष्ट्रिय बजारमा एमएसएम इन्टरटेन्मेन्टले वितरण अधिकार लिएको छ ।

 

प्रकाशित मिति : ८ बैशाख २०८१, शनिबार  १० : २७ बजे