२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


पाल्पामा जन्ती बोकेको जीप दुर्घटना हुदाँ १० घाइते, एक गम्भिर, चालक फरार



पाल्पा
८ वैशाख । पाल्पामा सवारी दुर्घटना परी १० जना घाइते भएका छन ।
जसमध्ये एक जनाको अवस्था गम्भिर रहेको छ । पाल्पाको निस्दी–३, खाँदरमा जिप दुर्घटना हुँदा १० जना घाइते भएको प्रहरीले जनाएको छ ।
शुक्रबार राती लु १ ज २५३५ नम्बरको जिप जन्ती लिएर निस्दी खाँदरबाट सहलकोटतर्फ जाने क्रममा सो दुर्घटना भएको हो ।
भित्री कच्ची सडकमा दुर्घटना हुँदा जिपमा सवार १७ जनामध्ये १० जना घाइते हुन पुगेका थिए । घाइतेहरूको उपचारका लागि रामपुर अस्पतालमा पठाइएको छ ।
सो जीपका चालक फरार रहेकाले खोजी कार्य जारी राखिएको छ ।

प्रकाशित मिति : ८ बैशाख २०८१, शनिबार  १० : ५५ बजे