२१ बैशाख २०८१, शुक्रबार | Sat May 4 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंको वायु प्रदुषणमा क्रमशः सुधार



काठमाडौँ
९ वैशाख । काठमाडौँ उपत्यकाको वायु क्रमश सुधार हुँदै गएको देखिएको छ । केही दिनअघि संसारकै धेरै प्रदुषणको मापदण्डमा पहिलो भएको काठमाडौं शहर गतहप्ता दोश्रो नम्बरमा झरेको थियो ।

एयर क्वालिटी इन्डेक्सका अनुसार आज काठमाडौँ उपत्यकाको वायुप्रदूषण १६३ एक्यूआइ मापन गरिएको छ । आज काठमाडौँ विश्वको तेस्रो प्रदूषित सहरका रुपमा सूचीकृत रहेको छ ।

पहिलो स्थानमा १६७ एक्यूआईसहित चीनको बेइजिङ शिर्ष स्थानमा रहेको छ भने भारतको दिल्ली १६५ एक्यूआईसहित दोस्रो स्थानमा रहेको छ ।
मुलुकको विभिन्न स्थानमा लागिरहेको डढेलो र धुलोका कारण वायु अस्वस्थ बनेको छ ।

प्रदुषण मापनमा शुन्यदेखि ५० सम्मको एक्युआइलाई राम्रो मानिन्छ भने ५१ देखि १०० सम्मको एक्युआइलाई सतर्क रहनुपर्ने रुपमा लिइन्छ । १०१ देखि १५० सम्मलाई हुनुलाई श्वाशप्रश्वास र मुटु रोगीका बिरामीलाई असर गर्छ भन्न्ने बुझिन्छ भने १५१ देखि २०० सम्मको एक्युआइलाई पनि अस्वस्थकरका रुपमा लिइन्छ ।

२०१ देखि ३०० सम्मको अति अस्वथ्य अवस्थाको वायू भनेर बुझिन्छ भने ३०१ देखि ४०० सम्मलाई खतरनाक र ४०१ देखि ४५० लाई अति खतरा मानिन्छ ।

काठमाडौँ उपत्यकाको लागि वायुगुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ मा एक्युआईको मान ३०० भन्दा बढी भएको अवस्थालाई विपद्को रुपमा लिने उल्लेख छ ।

प्रकाशित मिति : ९ बैशाख २०८१, आइतबार  ५ : १२ बजे