२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


भक्तपुरको खरिपाटीमा मोटरसाइकल दुर्घटनापछि यात्रुको मृत्यु



९ वैशाख । भक्तपुरको खरिपाटीमा मोटरसाइकल दुर्घटनापछि यात्रुको मृत्यु भएको छ ।
प्रहरीका अनुसार चाँगुनारायण नगरपालिका–७ खरिपाटी भद्रकालीस्थित सडकमा बा.प्र.०२– ०२५ प १४०१ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना भएको थियो ।
सो दुर्घटनामा मोटरसाइकलमा सवार ओखलढुङगा माने भन्ज्याङ गाउँपालिका घर भई हाल भक्तपुर खरिपाटी बस्ने ४० वर्षीय रामराज राईको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको मध्यपुर अस्पताल ठिमीमा उपचारको क्रममा मृत्यु भएको थियो ।
मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : ९ बैशाख २०८१, आइतबार  ७ : १४ बजे