८ जेष्ठ २०८१, मंगलबार | Tue May 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘बजरंगी भाइजान’ र ‘राउडी राठौर’ को सिक्वेल बन्ने



काठमाडौँ
९ वैशाख । सन् २०१५ मा रिलिज भएको सलमान खानको चलचित्र ‘बजरंगी भाइजान’ र २०१२ मा रिलिज भएको अक्षय कुमारको फिल्म ‘राउडी राठौर’को सिक्वेलको अपडेट बाहिर आएको छ ।
यी दुई चलचित्रको काम छिट्टै सुरु हुने निर्माता केके राधामोहनले एक कार्यक्रममा जानकारी दिए । उनीहरुको स्क्रिप्ट तयार भइसकेको छ ।

हालै हैदराबादमा आयोजित चलचित्र ‘रुस्लान’ को प्रमोशनल कार्यक्रममा निर्माता राधामोहनले यस्तो बताएका हुन् । यी दुवै चलचित्रको स्क्रिप्ट राजामौलीका पिता विजयेन्द्र प्रसादले लेखेको राधामोहनले बताए ।

निर्माताले भने, ‘लेखक विजयेन्द्रप्रसादले मेरो लागि दुईवटा कथा लेखेका छन् । एउटा ‘विक्रमकुडु–२’ हो, जसको हिन्दी सिक्वेल ‘राउडी राठौर–२’ नामबाट बन्नेछ । यसको कथा तयार छ र हामी छिट्टै यसको कास्टिङको काम सुरु गर्नेछौं, यस अवसरमा उनीसँगै लेखक विजयेन्द्र प्रसाद पनि उपस्थित थिए ।

‘बजरंगी भाइजान’को सिक्वेलको बारेमा कुरा गर्दै राधामोहनले यो चलचित्रको दोस्रो भागको स्क्रिप्ट पढिसकेकाले छिट्टै सलमानलाई भेटेर यसको कथा सुनाउने बताए ।

यसअघि २०२१ मा चलचित्र ‘आरआरआर’ को प्रमोशनल इभेन्टमा सलमानले ‘बजरंगी भाइजान’को सिक्वेल बन्न लागेको कुरा पुष्टि गरेका थिए । २०२३ मा, बलिउड हंगामाले एक रिपोर्टमा यो फिल्ममा पूजा हेगडे मुख्य भूमिकामा देखिने दाबी गरेको थियो। चलचित्रको शीर्षक ‘पवनपुत्र भाईजान’ रहनेछ ।

प्रकाशित मिति : ९ बैशाख २०८१, आइतबार  ६ : ४९ बजे