७ जेष्ठ २०८१, सोमबार | Tue May 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


अभिनेता अनमोलको चलचित्र फर्की फर्की’ ट्रेलरको किर्तिमान, दुई दिनमा २२ लाख पटक हेरियो



काठमाडौं
१० बैशाख । गत बिहिबार सार्वजनिक युवा स्टार अनमोल केसीको अभिनय रहेको चलचित्र ‘फर्की फर्की’ ट्रेलरले दर्शकबाट उत्साहप्रद समर्थन पाएको छ ।
कुनै पनि नेपाली फिल्मको ट्रेलरलाई १ दिनमै १० लाख बढि पटक हेरिएको रेकर्ड राखेको यो चलचित्रको ट्रेलरले दुई दिनमै २२ लाख (२ मिलियन) बढि पटक हेरिएको किर्तिमान पनि राखेको छ ।
ट्रेलरलाई हालसम्म युट्यूवमा २२ लाख बढि पटक हेरिँदा ४६ हजार बढि लाइक प्राप्त छ भने झण्डै ६ हजार प्रतिक्रिया प्राप्त छन् । झण्डै सय प्रतिशतको आसपासमा सकारात्मक प्रतिक्रिया पाएको छ ।
अधिकांश प्रतिक्रियामा दर्शकले अनमोलको नयाँ चलचित्र छिटो हेर्न आतूर रहेको प्रतिक्रिया उत्तिकै व्यक्त छन् । ट्रेलरमा जोडिएको अनमोल र अभिनेत्री जसीता गुरुङको प्रेम प्रसंग र नेपाली चलचित्रमा पहिलोपटक देखाउन खोजिएको ‘टाइम लूप’लाई दर्शकले व्यग्र प्रतिक्षा गरेको संकेत ट्रेलरमा प्राप्त प्रतिक्रियाबाट बुझिन्छ ।

 

निर्माता रोहित अधिकारीले चलचित्रप्रति ट्रेलर हेरेर नै दर्शकले देखाएको चासो र व्यक्त गरेको प्रतिक्रियाले निर्माण टिम उत्साहित रहेको बताए । युवापुस्तामा सर्वाधिक लोकप्रिय रहेका अभिनेता अनमोलले दर्शकले मन पराउने कथा रहेकैले र लगातार गरिरहेका चलचित्रभन्दा केहि भिन्न प्रकारको कथा रहेकोले ‘फर्की फर्की आफ्नो लागि विशेष रहेको बताए ।

यसैबीच चलचित्रको ट्रेलरले प्राप्त साथ र प्रतिक्रियाले चलचित्रको वैदेशिक प्रदर्शनमा सकारात्मक प्रभाव परेको बताइएको छ । निर्माता अधिकारीले ट्रेलर रिलिजपछि नेपालीहरू बसोबास गर्दै आएका दर्जन बढि देशहरूबाट चलचित्रको माग आएको बताए । केहि देशहरूमा फिल्मको प्रदर्शन अधिकार यसअघि नै बिक्री भइसकेको र धेरैमा कुरा अघि बढिसकेको बताउँद प्रर्दशन पहिले नै चलचित्रले ७५ प्रतिशत लगानि सुरक्षित गर्ने बाटोमा गएको अधिकारीले दाबी गरे।

 

फिल्मको आधिकारिक सामाजिक सञ्जालबाट विदेश प्रदर्शन अधिकारको अपडेट सार्वजनिक गर्दै जाने उनले बताए । वैदेशिक प्रदर्शन अधिकार, डिजिटल अधिकार र फिल्मसँग जोडिएका ब्राण्डबाट प्राप्त रेभिन्यूले फिल्म रिलिज सँगसँगै नाफाको बाटोमा जान लागेको उनको दाबी छ ।

 

सुयोग गुरुङ निर्देशित फिल्ममा अनमोल र जसीतासँगै रवि काफ्ले र समृद्धी अर्यालले प्रमुख भुमिकामा अभिनय गरेका छन् । काफ्ले र अर्याल दुबैको लागि यो फिल्म डेब्यू रहनेछ । रोहित अधिकारी फिल्मस्ुले ओएसआर डिजिटलको सहकार्यमा फिल्म निर्माण गरेको हो । नरेन्द्र मैनालीको छायांकन रहेको फिल्ममा सुरेन्द्र पौडेलको सम्पादन छ । निर्देशक गुरुङकै कथा तथा पटकथा रहेको फिल्मलाई काठमाडौंमा काफिया फिल्मस् र मोफसलमा कुबेर फिल्मस् ले प्रदर्शन अधिकार खरिद गरेको छ ।

 

प्रकाशित मिति : १० बैशाख २०८१, सोमबार  ४ : २६ बजे