२१ बैशाख २०८१, शुक्रबार | Sat May 4 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


‘१२ फेल’ बन्यो टुलुज फेस्टिभलमा उत्कृष्ट चलचित्र



काठमाडौँ
११ वैशाख । निर्देशक विधु विनोद चोपडाको निर्देशनमा बनेको विक्रान्त मेसी र मेधा शंकर अभिनित चलचित्र ‘१२ फेल’ ले दर्शकको माया र अवार्ड पाउनेक्रम जारी रहेको छ ।

फिल्मले उत्कृष्ट समीक्षा र अपार प्रशंसा पाएसँगै अब यस चलचित्रले अर्को अर्को उपाधि जितेको छ । यो चलचित्रले टुलुज फिल्म फेस्टिभलको ९औं संस्करणमा भारतभरका सबै भाषाका अन्य १५ चलचित्रमा मनोनयनमा परेपछि उत्कृष्ट चलचित्रको अवार्ड जितेको छ ।

फिल्म ‘१२ फेल’ ले टुलुज चलचित्र फेस्टिभलमा उत्कृष्ट चलचित्रको अवार्ड प्राप्त गरेको छ । चलचित्रका निर्माता–निर्देशक विधु विनोद चोपडाको टोलीले यो जानकारी दिएका हुन् । उनले लेखेका छन्– ‘१२ फेललाई टुलुज चलचित्र महोत्सवमा भारतीय सिनेमा वर्गमा उत्कृष्ट चलचित्रको उपाधि दिइएको छ । यो मायाको लागि सबैलाई धन्यवाद ।’

फिल्मले हालै हलमा रिलिजको २५ हप्ता पूरा गरेको छ र अब चीनमा पनि रिलिज हुने तयारीमा छ ।

विधु विनोद चोपडाको यो चलचित्र अनुराग पाठकले लेखेको सोही नामको पुस्तकमा आधारित छ, जसमा भारतीय प्रहरी सेवाका अधिकृत मनोज कुमार शर्माको चरम गरिबीबाट उठेर आईपीएस अफिसर बन्ने वास्तविक कथा देखाइएको छ ।
चलचित्रले मनोज शर्माको संघर्ष र उनको जीवनमा उनको आईआरएस अफिसर पत्नी श्रद्धा जोशीको महत्व देखाउँछ ।

गत वर्षको हिट चलचित्रमध्ये एक १२ फेलले बक्स अफिसमा करिब ६० करोड भारु कमाएको थियो । कम बजेटमा बनेको यो चलचित्रलाई दर्शकसँगै समीक्षकले पनि निकै रुचाएका छन् । यसले आइएमडीबीमा ९.२ रेटिङ पनि पाएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०८१, मंगलबार  ६ : ३८ बजे